कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल Jun-18 312 views 15 shares
रोशन रसाइली र दिपिसा लामा तामाङ बने ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२६ दोलखा’का विजेता Jun-17 255 views 15 shares
टिन फेस अफ पोखरा २०२६ को अडिसन सम्पन्न, २५ प्रतिस्पर्धीमध्येबाट ११ जना अर्को चरणमा छनोट Jun-17 278 views 20 shares
नेपाल महिला चेम्बरको आयोजनामा “उद्यमशीलता :चुनौती, सुधार र युवा प्रेरणा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न May-29 254 views 20 shares
नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव ः एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड Apr-30 340 views 18 shares
काठमाडौं, असार २८ | पिक पोइन्ट एजुकेशन नेटवर्कले एसईई २०८१ ब्याचका ६५ जना विद्यार्थीलाई भव्य समारोहका बीच नगदसहित सम्मान गरेको छ। शनिबार काठमाडौंको गोल्फुटार स्थित ताज प्यालेस होटलमा आयोजित 'एसईई फेलिसिटेसन कार्यक्रम' मा शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा, मायाको चिनोसहित नगद पुरस्कार प्रदान गरिएको हो। कार्यक्रमको अध्यक्षता संस्थापक तथा प्रधानाध्यापक इन्जिनियर विनय श्रेष्ठले गरेका थिए भने उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। सम्मान समारोहमा ४.० जिपिए ल्याउने विद्यार्थीहरूलाई जनही ५०,००० रुपैयाँ नगद पुरस्कार दिईएको थियो। त्यस्तै अन्य उत्कृष्ट विद्यार्थीहरूलाई पनि शैक्षिक प्रदर्शनको आधारमा नगद पुरस्कार वितरण गरियो । कुल ७ लाख ५० हजार रुपैयाँ बराबरको नगद पुरस्कार यसपटकको ब्याचका लागि प्रदान गरिएको हो। कार्यक्रममा विद्यालयका संस्थापक सदस्य थमिन्द्र खतीवडाले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि ४ जीपीए ल्याएकी दिया घिमिरेले मन्तव्यसहित गीत प्रस्तुत गरिन। मोहमद कालिम्सा, सन्दीप राजभण्डारी, बिष्णु कुमारी खुलाल मगर, निर्जला दाहाल र वर्दन ढकालजस्ता ४.० जीपीए ल्याउने विद्यार्थीहरूले आफ्नो अनुभव सुनाए। अभिभावक प्रतिनिधिका रूपमा बेद ढकाल ( बरदान ढकालका बुबा) र सारदा ढकाल(निर्जला ढकालकी आमा) ले शुभकामना मन्तव्य दिएका थिए। बुढानीलकण्ठ १३का अध्यक्ष टिका नारायण श्रेष्ठले संस्थाको शैक्षिक नेतृत्वको प्रशंसा गरे। कार्यक्रममा ब्याच २०८१ का छात्राहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरे भने पिक पोइन्ट सिङिङ आइडल २०८१ की विजेता त्रिप्तिका थापा मगरले साङ्गीतिक प्रस्तुति दिईन्। शिक्षकहरूलाई समेत खादा र प्रशंसा-पत्रसहित सम्मान गरिएको उक्त कार्यक्रममा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, जनसंख्या, लेखाशास्त्र र कम्प्युटर विषयका शिक्षकहरू समावेश थिए। भाईस प्रिन्सिपल महेश केसीले विद्यालयको समग्र शैक्षिक यात्रा र दृष्टिकोणबारे जानकारी दिँदै विद्यार्थीकै हितका लागि निरन्तर क्रियाशील रहेको बताए। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उप–मेयर अनिता लामा, तथा वडा नं। २, १०, ११, १२, र १३ का अध्यक्षहरू विशेष अतिथिका रूपमा उपस्थित थिए। समापन मन्तव्य दिंदै संस्थापक/ प्रिन्सिपलइन्जिनियर विनय श्रेष्ठले सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै शिक्षा, अनुशासन र नैतिकताको मूल्यमान्यता लिएर अघि बढ्ने” प्रतिबद्धता दोहोर्याए। “विद्यार्थीहरूको निरन्तर मिहिनेत, शिक्षकहरूको समर्पण र अभिभावकको विश्वासकै कारण आज हामी यस सम्मानित स्थानमा पुग्न सफल भएका हौं ”उनले भने । भाईस प्रिन्सिपल महेश केसीका अनुसार, यो सम्मान कार्यक्रमले “विद्यार्थीहरूलाई अझ उत्साहित तुल्याउँदै पीक पोइन्ट एजुकेशन नेटवर्कलाई देशको एक अग्रणी शिक्षण संस्थाका रूपमा सुदृढ गरेको” छ। हालै प्रकाशित एसईई २०८१ को नतिजामा पिक पोइन्ट एकेडेमी, बुढानीलकण्ठले उल्लेखनीय सफलता हासिल गर्दै GPA को आधारमा बुढानीलकण्ठ क्षेत्रका टप–४ उत्कृष्ट विद्यालयमध्ये चौथो स्थान ओगट्न सफल भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ अन्तर्गत सञ्चालनमा रहेको पिक पोइन्ट एकेडेमी यस पटकको एसईई परीक्षामा सर्वोत्कृष्ट विद्यालयको रूपमा उभिएको छ। उत्कृष्ट शैक्षिक उपलब्धिको मान्यतास्वरूप वडाले एसईईमा ४.० जिपिए ल्याउने विद्यार्थीलाई रु. १,००,००० (एक लाख) नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। Jul-13 , 2025
पिक प्वाईन्ट एकेडेमीबाट एसईईमा ६ विद्यार्थीले ल्याए ४.० जिपिए, नगरमा मात्र नभई देशमै उदाहरणीय नतिजा Jun-29 , 2025
साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा अन्तरसंवाद कार्यक्रम सम्पन्न (फोटो फिचरसहित) Jun-19 , 2025
बालश्रम विरुद्धको विश्व दिवस २०२५ को अवसरमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रम सम्पन्न Jun-11 , 2025
जोखिमपूर्ण क्षेत्रमा काम गर्न बाध्य बालबालिकाले आफ्नो पीडा पोख्दै राज्यको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई लेखे पत्र May-30 , 2025