भिभो भी २९ फाइभजी नेपालमा सार्वजनिक, बम्पर उपहार विजेता बने राज्यदैनिक र एस आर मोबाईल
News Desk
Oct-06 , 2023 तारिख 02:45 बेलुका

काठमाडौं । विश्वव्यापी रुपमा लोकप्रिय टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ ।अक्टोबर ५ तारिखका दिन काठमाडौंको द मल्ल होटलमा एक कार्यक्रमको आयोजना गर्दै चर्चित कलाकारहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरु, भिभोका पदाधिकारीहरु तथा विशेष अतिथिहरुको उपस्थितिमा भिभोले नयाँ स्मार्टफोन भव्यताको साथ सार्वजनिक गरेको हो । सो अवसरमा आयोजित बम्पर लक्की ड्रमा राज्यदैनिक डटकम, काठमाण्डौं र बिक्रेतातर्फ एस आर मोबाईल, राजविराजले भी२९ फाइभजी मोबाईल जित्न सफल भए 
 । भिभो नेपालका जनरल म्यानेजर माइकलले राज्यदैनिक डटकमका तर्फबाट कार्यकारी सम्पादक सरोज ओझालाई भी२९ फाइभजी मोबाईल हस्ताण्तरण गरेका थिए । त्यस्तै, अन्य लक्की ड्र विजेताहरुले विभिन्न गिफ्ट् हाम्पर हात पारे ।

कार्यक्रममा निरन्तर आविष्कारको उपज भी२९ फाइभजी भी सिरिज आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्यक्षमता भएको जानकारी गराईयो । कम्पनीका अनुसार भी२९ फाइभजीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२०हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो जसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको छ । यो स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरु समावेश छन् जसले फोटोग्राफी क्षमतालाई वृद्धि गर्दछ ।

नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउँन आफ्ना ग्राहकहरुका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको छ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो सदैव अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर ग्राहकहरुलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको व्यक्त गरेका छन् । उनले भने, “भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ । भी२९ फाइभजीको इमेजिङ र डिजाइनमा भएको विकास यस प्रतिबद्धताको एउटा पाटो हो । यसले मोबाइल फोटोग्राफीलाई पुनः परिभाषित गर्दै स्मार्टफोन बजारमा हाम्रो नेतृत्वलाई सुदृढ बनाउनेमा हामी विश्वस्त छौं ।”



नजिकदै गरेको चाडपर्वलाई लक्षित गर्दै, भिभोले ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गर्दै “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” अफर ल्याएको छ । यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हनेछ । उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् । यसको साथै, भिभोले तीन भाग्यशाली विजेताहरूका लागि बाई–वान–गेट–वन अफर पनि ल्याएको छ । ६०० देखि १००० ग्राहकहरुले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन्, ३,००० देखि ५,००० ग्राहकहरुले भिभोको स्टाइलिश ब्याग, ५००० – ८००० ग्राहकहरुले भिभोको बोतल तथा १०००० – १५००० ग्राहकहरुले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् । यो अफरमा सहभागी हुन ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा vivodashain.comमा रजिष्टर्ड गरी आकर्षक पुरस्कारहरु प्राप्त गर्न सक्नेछन् ।भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको एक प्रभावशाली स्मार्टफोन हो ।

 यो स्मार्टफोन दुई आकर्षक रंग –पीक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको छ जसले स्टाइल र परिष्कृत स्मार्टफोनको प्रतिनिधित्व गर्दछ । यसको पीक ब्लू भेरियन्टमा थ्रीडी म्याग्नेटिक पार्टिकल र नोबेल ब्ल्याक भेरियन्टमा फ्लोराइट एजी ग्लास जस्ता नवीन प्रविधिहरू प्रयोग भएको छ जसले स्मार्टफोनको स्लीक एस्थेटिक डिजाइन लाई वृद्धि गर्दछ । यो स्मार्टफोनको १२० हर्ट्जको थ्रीडी कर्भ्ड स्क्रिनले अल्ट्रा–स्लिम सौन्दर्य डिजाइनसँगै एकीकृत रुपमा इमर्सिभ तथा दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्दछ । यसमा ५०एमपी एचडी अटोफोकस क्यामेरा छ जसले क्रिस्प र जीवन्त शटहरू तथा भिडियोहरू लिन मद्दत गर्दछ । यसबाट ग्रुप सेल्फीहरू र उच्च गुणस्तरको भिडियो रेकर्डिङको लागि अटोफोकस ग्रुप सेल्फी तथा सुपर ग्रुप भिडियोको क्षमताहरू पनि प्रदान गर्दछ । यसमा ५०एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसबाट सुक्ष्म तथा डेप्थ दृश्यहरू खिच्न सकिन्छ । स्मार्ट औरा लाइट पोट्र्रेट विशेषताले गर्दा कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न सकिन्छ ।

भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८जी प्रोसेसर रहेको छ जसले सिमलेस पर्फमेन्श प्रदान गर्दछ । यसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० हर्ज ब्याट्री छ । यसमा भएको सुपर चार्ज पम्प टेक्नोलोजीले डाउनटाइम घटाउँदै चार्जिङ दक्षता बढाउँछ । भी२९ फाइभजीमा अत्याधुनिक हार्डवेयरको संयोजनले एक प्रभावकारी स्मार्टफोन अनुभव प्रदान गर्दछ । भिभो भी२९ फाइभजी सौन्दर्य र नवीनताको उत्कृष्ट संयोजन हो जसले प्रयोगकर्ताहरूलाई अत्याधुनिक तथा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसको आकर्षक रङ तथा अल्ट्रा–स्लिम डिजाइनले स्मार्टफोनलाई अझ आकर्षक बनाएको छ । यो स्मार्टफोन देशभर आकर्षक मूल्यमा रु। ५९,९९९ मा उपलब्ध छ ।

Related Post