News Desk
गायक तथा निर्देशक गौरब गिरि सङ्ग भ्वाइस अफ नेपाल -२ बाट चर्चा कमाउन सफल गायक बिनय कार्की को फिचरिङ्गमा ‘नाका’ गीत सार्वजनिक भयको छ ।
न बाहिर निस्किन सक्छौ न केही गर्न सक्छौ । यहि बिषय लाई लियर गीत ‘नाका’ तयार गरियको छ । उक्त गीतमा सङ्गीत सम्योजन गायक एरेन्जर बिनय कार्किकै रहेको छ । लकडाउन पालना गरेर उत्कृष्ट तवरले भिडियोको तयारी गरिएको छ । भिडियोको निर्देशन भने गायक गौरब गिरिले गरेका छन ।
उक्त गीतको भिडियोमा अशोक केसि , चक्र बम , शिशिर नाथ, सुबाश तिमल्सिना , कृष्ण धनुक, राजु लामा , सन्दिप शाह , आर।के। परियार को अभिनय रहेको छ भने अर्जुन पोखरेल को भिडियो सम्पादन रहेको छ । अडियो भिडियो निर्माण आरोही ईन्टरटेनमेन्ट बाट गरिएको छ ।