बिकास बोर्डका नवनियुक्त अध्यक्ष दाहालसंग नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका पदाधिकारीको भेट
News Desk
Jun-26 , 2020 तारिख 06:53 बेलुका

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका पदाधिकारिको एक टोलिले नेपाल चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष दयाराम  दाहाललाई भेटी समग्र नेपाली चलचित्र क्षेत्रको समस्या र त्यसको समाधानका लागि सुझाव पेश गरेको छ।बोर्ड अध्यक्षको कार्य कक्षमा प्रतिष्ठानका पदाधिकारीहरुको भेटमा नेपाली चलचित्रलाई कसरी अन्तरास्ट्रिय बजारमा लान सकिन्छ ? र त्यसका लागि के के निती अपनाउनु पर्छ ? भन्ने बारेमा छलफल भएको थियो।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बिगत देखिनै नेपाली चलचित्रको स्तरोन्तीका लागि अन्तरास्ट्रिय चलचित्र महोत्सव (निफ) , कार्यशाला, गोष्ठी लगायत चलचित्र क्षेत्रको प्रवद्र्धन गर्दै आइरहेको छ। प्रतिष्ठानका अध्यक्ष केपि पाठकले सुझाव पत्र बोर्ड अध्यक्ष दाहाललाइ हस्तान्तरण गरेका थिए भने प्रतिष्ठानका महासचिव राजु के.सी.ले सुझाव पत्र वाचन गरेका थिए । सुझाव प्रति सकरात्मक प्रतिक्रिया दिदै बोर्ड अध्यक्ष दाहालले ‘आफूले यसलाई गम्भिरका साथ लिएर समस्या समाधान तथा चलचित्र क्षेत्रका विकासका निमित्त पहल गरिने ‘बताए ।
उक्त समारोहमा प्रतिष्ठानका कोषाध्यक्ष कमल शर्मा, सदस्य प्रमोद भण्डारी सहितको टोलि बोर्डमा उपस्थित थियो।

Related Post