कोरोना कहरमा कराओके इन्टेरटेन्मेन्टको अनलाइन सिङ्गीङ्ग कम्पिटिसन
News Desk
Aug-13 , 2020 तारिख 12:38 बेलुका

काठमाडौं। कराओके इन्टेरटेन्मेन्टले लकडाउनको समयमा अनलाईन सिङ्गीङ्ग कम्पिटिसनको आयोजना गरेको छ। काठमाडौंको बालाजुस्थित अष्टनारायण हलमा आयोजित फाइनलमा बिजयी प्रतिस्पर्धी तथा सव टाईटल होल्डरहरुलाई अवार्ड प्रदान गरिएको छ।

नेपालका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यता तथा नेप्लिज फेसन होमकी संस्थापक अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा गायक भिम तुलाधर, संगीतकार राजु सिंह, म्युजिक टिचर भानुभक्त ढकाल, गायक निर्णय श्रेष्ठ, गायिका बुनु राई मानन्धर, गायक प्रशान्त श्रेष्ठ (मिस्ट), करओके आईकन सिजन वान को बिजेता अशेष महर्जन, भोटिङ पार्ट्नर डेबिल सिङ्ग राजपुत, मिस्टर नेशनल रबिन तण्डुकार र मिस नेशनल नैना खड्गी लगायत सम्मानित भएका थिए।

कार्यक्रममा ५६० जना प्रतिस्पर्धीवाट टप २५ पश्चात टप ९ मा आएर ९ जनाले सव–टाईटल जिते। प्रतिस्पर्धी दर्पण रिजालले टप नाईन , सुजाता चापागाईंले एस्पाईरिङ्ग सिङ्गर , गौरी गिरीले प्रोमिशिङ्ग सिङ्गर , शिशिर थापाले शोम्यानसीप सिङ्गर , ममता अधिकारी चौलागाईंले डाईनामिक सिङ्गर, गिरिजा खटिवडाले (प्रेम खटिवडा ) भोकल टेक्निक सिङ्गर, देबेन्द्र बास्कोटाले बेस्ट सङ्ग चोईस, मोना थापाले भिओर्स ओफ चोईस र रबिन चौलागाईंले विन्नेर ओफ अत्तालिका सङ्गको अवार्ड प्राप्त जितेका थिए।

 

यो कार्यक्रमको मुख्य उदेश्य नव गायक–गायिकाको जन्म हो भन्दै आयोजक तथा कराओके इन्टरटेन्मेन्टका फाउन्डर खगेश रन्जितकारले आफूले सकेजति बल बुद्धि पुर्याएर गीत रचनाकार , सङीतकार , एरेन्जर , म्युजिक टिचर , गायक गायिका लगायक सङ्गीत बिधामा लागेका ब्यक्तित्वहरुको हक अधिकार प्राप्तिको लागि सदा अघि बढिरहने प्रस्ट पारेका छन्।

Related Post