कर्णालीमा आज सार्वजनिक बिदा
News Desk
Jun-29 , 2022 तारिख 02:33 बेलुका

कर्णाली ─ १५ असार २०७९

कर्णाली , कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी आज असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपाने जानकारी दिनुभयो ।

Related Post