News Desk
काठमाडौं । कथा इभेन्टको आयोजनमा हुन लागेको मिस टिन हिमालय नेपाल२०२२ को ट्यालेन्ट राउन्ड शनिबार असार १८ गते राष्ट्रिय नाच घर , जमल, काठमाण्डौंमा सम्पन्न भएको छ ।
ट्यालेन्ट राउन्डको अध्यक्षता गनिका गुरुङ ज्यूले गर्नु भएको थियो । ट्यालेन्ट राउन्डको प्रमुख निर्णायकमा भने वरिष्ट रयापर निर्णय श्रेष्ठ रहनु भएको थियो भने निर्णायकमा प्रख्यात ब्यूटिसियन सान्ता थापा, अभिनेता तथा मोडलजोर्डन राज भण्डारी, वरिष्ट समाज सेवी सरला पन्ति, प्रख्यात मिडिया कर्मि कमल लम्साल र सङ्गितकार तथा गायक अजे अधिकारी ज्यूहरू रहनु भएको थियो ।
ट्यालेन्ट राउन्ड जम्मा ३७ जनाले भाग लिएको जानकारी इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले दिनुभयो । छनौट भएका ३७ प्रतियोगीहरुले आ-आफ्नो प्रतिभा देखाएका छन् । प्रतिभा देखाउने क्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, भाषण, रेखाचित्र, कविता र निबन्ध प्रदर्शन गरेका थिए।