मन्त्रिपरिषद् बैठक : खनाल र खराल सचिवमा बढुवा
News Desk
Jul-06 , 2022 तारिख 07:35 बिहान

काठमाडौं ─ २२ असार २०७९

काठमाडौं, सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय डा. गोपी खनाल र डा. दीपक खराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

दीपक काफ्ले र नारायणप्रसाद शर्मा दुवाडीलाई पछि पार्दै खनाल सचिव बनेका हुन् । खराल भने एकल सिफारिसमा परेका थिए ।