News Desk
फेश अफ राजधानी २०२२’ को ग्राण्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । राइट वेय बिजनेश सोलुसन र साह ईन्टरनेटनमेन्टको आयोजनामा काठमाडौंस्थित रास्ट्र्य नाचघर,जमलमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा मिस तर्फको उपाधि टिना थापा र मिस्टर तिरको उपाधी अशिम राना मगरले प्राप्त गरे। त्यसै गरि प्रथम श्रेणीबाट पुसकर बेलबासे र याङ्गसु श्रेष्ठ।
त्यसै गरि दोस्रो श्रेणिबाट सक्ष्यम खत्री र सुस्मिता खतिवडा। टिन एजका युवा युवतीको क्षमता अभिवृद्धिका लागि आयोजित यो प्रतियोगिता एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा संचालन गराइएको इभेन्ट कोरियोग्राफी लभिन अन्सारीले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि उप मेयर सुनिता ड्ङगोलको आगमन देखिएको थियो। निर्णायकको भूमिकामा चर्चित मोडल दिपक घिमिरे, अपेयसा खडका,टुगेन श्रेष्ठ र सदेव ब्यदय, थिए । प्रतियोगितामा अफिसियल कोरियोग्राफरका रुपमा लभिन अन्सारी थिए ।
कार्यक्रम प्रस्तोताको भूमिकामा प्रनिमा दाहाल थिए । कार्यक्रमको व्यवस्थापनमा शिशिर सिंह र मुख्य व्यवस्थापक सुबास साह थिय।