किड् क्विन नेपालकाे १८ औं संस्करण अन्तर्गत विश्व शान्तिकाे कामना गर्दै "लाख बत्ती तथा समय बजी " कार्यक्रम सम्पन्न
News Desk
Sep-04 तारिख 11:10 बिहान

 


काठमाडौं   ।  नेप्लिज फेसन हाेम (एन.एफ.एच.) काे आयाेजनामा हुन गईरहेकाे किड् क्विन नेपालकाे १८ औं संस्करण अन्तर्गत भएकाे तालिममा आज संस्कृति सम्बन्धि जानकारीका साथै विश्व शान्तिकाे कामना गर्दै  "लाख बत्ती तथा समय बजी " कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रम बसन्तपुरकाे मरु गणेश देवस्थलमा सम्पन्न भएकाे हो । उक्त कार्यक्रममा सहभागी बालिकाहरुको सु-स्वास्थ, दिर्घायु तथा उज्ज्वल भविष्यकाे कामना गर्दै कन्या पुजा कार्यक्रम समेत सम्पन्न गरिएकाे थियाे ।  १८ औं  किड क्विन नेपाल बच्चाहरुले आफ्नाे प्रतिभा प्रदर्शन गर्ने, आत्म सुरक्षाका कला सिक्ने, आत्म विश्वास बढाउनुकाे साथै संस्कार संस्कृति सिकाउने उद्देश्यले विगत १८ वर्ष देखि याे कार्यक्रम आयाेजना गर्दै आएकाे  नेप्लिज फेसन हाेमका अध्यक्ष हेमा मानन्धरले बताउनुभयाे । उक्त कार्यक्रममा सहभागी २५ जना बालिकाहरु ९ वर्ष देखि १४ वर्षसम्मकाे उमेर समूहका रहेका छन्। कन्टेस्टमा सहभागी हुनेहरुमा क्रमशः प्रिस्का पुलामी, सफलता प्रधानांग, इरिना महर्जन, त्रिक्सि चित्रकार, प्राप्ति रेग्मी, मर्था तामाङ, कृष्पी पौडेल, नासिका ठकुरी,परी मगर, सुबारिया श्रेष्ठ, प्रार्थना बज्राचार्य, ममता श्रेष्ठ, श्रीषा श्रेष्ठ, सायुरी पुजारी, सकिरा तामाङ, ग्रेसी शाही, आस्था थापा मगर, सुवा कोजु, ज्योति कार्की, पलिस्था कुटुवो, ईप्शा प्रजापति, स्तुति कार्की, तृप्ति वैद्य, गृष्मा रञ्चल, निर्जला कौशिला रहेका छन्।
उक्त कार्यक्रमकाे काेरियाेग्राफरहरुमा मिस नेवा: नेपाल २०२२ बिजेता सलिना महर्जन, मिस नेवा: प्रिया तण्डुकार, मिस नेवा: नेपाल प्रजिता श्रेष्ठ रहेका छन्।

Related Post