प्रतिनिधिसभातर्फ ६० स्थानको मत परिणाम सार्वजनिक, २३ मा का‌ंग्रेस र १३ मा एमाले विजयी
News Desk
Nov-24 तारिख 10:56 बिहान

काठमाडौं- ८ मंसिर २०७९

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६० स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार २३ स्थानमा नेपाली काग्रेस विजयी भएको छ । १३ स्थानमा एमाले विजयी हुँदा नेकपा माओवादी केन्द्र ६ स्थानमा विजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी ६ स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ स्थानमा विजयी भएको छ । यसैगरी राप्रपा २ स्थानमा विजयी भएको छ ।

राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपा १-१ स्थानमा विजयी भएका छन् भने स्वतन्त्र उम्मेदवार पनि एक ठाउँमा निर्वाचित भएका छन् ।

प्रतिनिधि सभातर्फ अन्य निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहेको छ ।