गोरखा २ मा १४ हजार मतान्तरले माओवादी अध्यक्ष दाहाल विजयी
News Desk
Nov-24 तारिख 11:02 बिहान

८ मंसिर २०७९

गोरखा  प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारी मतान्तरले विजयी हुनुभएको छ ।

दाहाल २६ हजार १ सय ३ मतसहित दाहाल विजयी हुनुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाउनुभयो । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गर्नुभयो ।