News Desk
पोखरा । मिस्टर एण्ड मिस हेरिटेज २०२२ को ताज 'सोनिया बिश्वोकर्मा ' र 'सन्देश श्रेष्ठ' ले जित्न सफल भएका छन् । ब्लु रेज प्रोडक्सनद्वारा आयोजित तेस्रो संस्करणको मिस्टर एण्ड मिस हेरिटेजका १० प्रतिस्पर्धालाई पछि पार्दै ताज जितेका छन्।
ताजसहित क्राउन विजेताले फाेटाे सुटसँगै अन्य सुविधा प्राप्त गरेका छन् । प्रतियोगितामा भुमिका नेपाली पहिलो रनरअप हुन् सफल भएकी छिन् भने दोस्रो रनरअपमा अनिसा सुनारले बाजी मारेकी छिन् । त्यसैगरि अश्मिता नेपालीले ओर्गनाइजर चोइसको ताज हात पारिन् भने असल पौडेल भ्युअर्स च्वाइसको उपाधिबाट पुरस्कृत भए ।
दिप्सन खाती प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको निर्णायक मण्डलमा किसोर परियार , मोडल कृस मगर र फेसन डिजाइनरमा सपना तिवारी थिए ।