अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट
News Desk
Dec-08 , 2022 तारिख 05:21 बिहान

काठमाडौं-२२ मंसिर २०७९

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ ।

केन्द्रीय कार्यालय आलोकनगरस्थित अध्यक्ष नेपालको कार्यकक्षमा भएको भेटका क्रममा नेपाल र अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीका साथै दुईपक्षीय हित तथा सहयोगकाबारे छलफल भएको पार्टीले जनाएको छ ।

अध्यक्ष नेपाललगायत नेतागणले राजदूत थम्पसनलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।