हराउँदै ढिकी, जाँतो
News Desk
Dec-12 , 2022 तारिख 05:48 बिहान

स्याङ्जा-२६ मंसिर २०७९

 स्याङ्जामा परम्परागत रुपमा प्रयोगमा रहँदै आएका ढिकी र जाँतो हराउँदै जान थालेका छन् । युवा जनशक्ती गाउँमा नहुनु तथा अन्नबाली कुटानी पिसानीका लागी ढिकी, जाँतोमा बढी समय लाग्ने हुँदा पनि यसको प्रयोग हुन छाडेको हो ।

नेपाल बिद्युत प्रधिकरणको उज्यालो नेपाल अभियान सार्थक बनेसँगै जिल्लाका सबै ठाउँमा बिधुतको पहुँच पुगेपछी गाउँगाउँमा धान कुटानी मिलको प्रयोग हुन थालेको छ । जस्ले गर्दा गाउँघरमा रहेका पुराना ढिकी र जाँतोको प्रयोगमा कमी आएको हो ।

ढिकी तथा जातोमा पिनेको अन्नको प्रयोगले स्वास्थ्यका लागी फईदाजनक भएपनी छिटो छरिताको लागी आधुनिक मिलप्रति आर्कषण बढेको देखिन्छ । प्रत्येक घरहरुमा देखिने ढिकी तथा जाँतो अहिले सीमित गाउँहरुमा मात्रै रहँदै आएका छन् ।