पाल्पामा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु
News Desk
Dec-13 , 2022 तारिख 05:49 बिहान

पाल्पा- २७ मंसिर २०७९

पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. १ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीय खिमबहादुर विकको मृत्यु भएको हो ।

सोमबार बिहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा शरीरमा आगलागी भएर विको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हुँदा घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।