वीरगन्जको रानीघाटबाट लाखौं मुल्य बराबरको अवैध चामल बरामद
News Desk
Dec-16 , 2022 तारिख 06:49 बिहान

पर्सा-१ पुष २०७९

 भारतबाट अवैध रुपमा नेपाल भित्रिएका सयकडौं बोरा चामल प्रहरीले बरामद गरेको छ । वीरगन्ज महनागरपालिकाको वडा नं. ११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको अवैध चामल प्रहरीले बरामद गरेको हो ।

राजश्व छलि भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी विक्री वितरण हुँदै आएको पूर्व सुचनाको आधारमा चारवटा गोदममा छापा मार्ने क्रममा पाँचसय बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँले भरियाको मद्दतले राजश्व छली भित्र्याइएको चामल स्थानिय सुजित कलवार, विनोद कलवार, श्याम किसोर वरणवाल र प्रदुमन गुप्ताको घरमा रहको गोदामबाट बरामद गरिएको बताउनुभयो ।