‘मिस्टर एण्ड मिस डाईनामिक पोखरा' का प्रतिस्पर्धीहरु प्रशिक्षणमा व्यस्त
News Desk
Dec-21 , 2022 तारिख 06:32 बिहान

‘मिस्टर एण्ड मिस डाईनामिक पोखरा,२०२२' को उपाधिका लागि अन्तिम ८ प्रतिस्पर्धीहरु अन्तिम प्रशिक्षणमा जुटेका छन्। ब्ल्यू रेज प्रोडक्सनको आयोजनामा हुँदै गरेको उक्त प्रतियोगितामा सहभागिले आफ्नो सहभागितालाई अवसर निर्माणको आधार भएको बताएका छन। डिसेम्बर २३ मा र्‍याम्पमा उत्रनुअघि आफ्नो क्षमता अभिवृद्धिका लागि प्रतियोगितामा सहभागी भएकालाई विशेष प्रशिक्षण प्रदान सुरु भएको छ।

जसमा नेपालका ख्याति प्राप्त फेसन कोरियोग्राफर तथा अन्य ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा मोटिभेसन सम्बन्धि विभिन्न विद्यामा प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ ।

प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाई उपयोग गर्न सक्ने बनाउनु मुख्य लक्ष्य रहेको आयोजकले जनाएका छन । अन्तिम प्रतिष्पर्धाका लागि विभिन्न चरणको छनौट प्रक्रिया पार गर्दै शिर्ष ८ मा छनौट भई उपाधीको निम्ति सिद्दार्थ चोक, पोखराकी मुना क्षेत्री, बगर,पोखराका बिश्वास तामाङ्ग, अमरसिंह पोखराकी निओ गुरुङ्ग, शिल्लिङ्गे, पोखराकी अनु राजभाट, सृजना चोक, पोखराकी युनिका गौतम, बागमारा, पोखराका निसान गैरे, बझापाटन, पोखराकी तारा श्रीपाली र पर्स्याङ, पोखराकी कृत्तिका क्षेत्री प्रतिस्पर्धा गरिरहेका छन।