स्टेला प्याजेन्ट नेपाल ईन्टरनेष्नल फेसन एण्ड मोडल अवार्डमा संचारकर्मी बिना श्रेष्ठ सम्मानित
News Desk
Jan-01 तारिख 12:32 बेलुका

भारतको प्रसिद्ध ब्युटी प्रोडक्टस स्टेला प्रोफेसनलले प्याजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्डको चौथो संस्करणमा टिभी टुडे एचडीकी प्रमुख कार्यकारी निर्माता बिना श्रेष्ठ सम्मानित भएकी छिन् ।

काठमाण्डौको होटल हायात प्यालेसमा नेपाल ईन्टरनेष्नल , ब्राईट ईभेन्ट म्यानेजमेन्ट तथा स्पर्स फिल्म एण्ट टच ईन्टरटेनमेन्टको आयोजनामा भारतको प्रसिद्ध ब्युटी प्रोडक्टस स्टेला प्रोफेसनलले प्याजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्ड २०७९” मा विगत लामो समयदेखि संचार क्षेत्रमा योगदान पुर्याएको भन्दै  संचारकर्मी बिना श्रेष्ठलाई सम्मान गरेको हो ।

सम्मानित संचारकर्मी श्रेष्ठ विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । श्रेष्ठ टिभी टुडे एचडीकी प्रमुख कार्यकारी निर्माता र एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर पनि हुनुहुन्छ ।

Related Post