तेश्रो संस्करणको ‘मिस्टर एन्ड मिस डाईनामिक' को शीर्ष ताज अनु राजभाट (मिसतर्फ) र विश्वास तामाङ (मिस्टरतर्फ)ले पहिरिएका छन्। ब्ल्यू रेज प्रोडक्सनद्वारा पोखरामा सम्पन्न ‘मिस्टर एन्ड मिस डाईनामिक, २०२२' को अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै राजभाट र तामाङ्गले क्रमश: मिस र मिस्टर तर्फको शीर्ष ताज पहिरीएका हुन् ।
बिजेताले उपाधीसंगै ब्ल्यू रेज प्रोडक्सनको तर्फबाट मोडलिङ सम्वद्द बिभिन्न आकर्षक अवसरहरु प्राप्त गरेका छन।
त्यस्तै प्रतियोगितामा नियो गुरुङले फर्स्ट रनरअप फर्स्ट रनरअपको ताज हात पार्दा कृतिका क्षेत्रीले सेकेन्ड रनरअपको ताज आफ्नो हातमा परिन। विधागततर्फ भने अर्गनाइजरहरुको मन जित्दै मुना क्षेत्रीले ओर्गनाइजर चोइसको ताज हात पार्दा सरला शर्माले भ्युअर्स चोईसको अवार्ड हात पारिन।
राजु भुजेलको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा किशोर परियार ,मिस्टर एन्ड मिस हेरिटेज २०२२ का विजेता संदेश श्रेष्ठ र मोडल सपना कार्की रहेका थिए।
युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार दोश्रो संस्करणको ‘मिस्टर एन्ड मिस डाईनामिक, २०२२' सम्पन्न गरिएकोआयोजकले जनाए ।