लागू औषधसहित चार जना पक्राउ
News Desk
Jan-29 , 2023 तारिख 05:20 बिहान

धनुषा-१५ माघ

 जिल्ला प्रहरी कार्यालय धनुषाले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित चार जनालाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ रहेका छन् ।

यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् ।

Related Post