मिस्टर एण्ड मिस वेस्ट मोडल अफ द एयर २०२३ को पहिलो अडसन सम्पन्न दोस्रो अडिसन हुने
News Desk
Sep-16 , 2023 तारिख 01:49 बेलुका

 

युथ कृयसन नेपालको आयोजनामा मिस्टर एण्ड मिस वेष्ट मोडल अफ द एयर २०२३को पहिलो अडिसन दर्वारमार्गको अर्गानिक  रेष्ट्रो एण्ड वारमा सम्पन्न भएको छ भने दोस्रो चरणको अडिसन पनि हुने भएकोले इच्छुक सहभागीताको लागि सिमीत फारम वितरण गरिएको छ । जसमा सम्पूर्ण जातजातिको अविवाहित युवा युवतीले फारम भरेर आफ्नो सिट सुरक्षित गरिदिनुहुन विनम्र अनुरोध गर्दै यस प्रतियोगितामा मोडलिङ क्षेत्र रोजेर भविष्य उज्वल बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित बातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले बताए । उनले प्रतियोगितामा अन्य सौन्दर्य प्रतियोगिता भन्दा भिन्न तरिकाले प्रतिभाको मुल्याङ्कन गर्ने सुनाए ।

कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले अन्य भन्दा यी सौन्दर्य प्रतियोगिता केही भिन्न रहेकोले आफु जोडिएको बताएका छन् । अन्तर्राष्ट्रिय कोरियोग्राफरको रुपमा समेत परिचित शाक्यले प्रतियोगिताका सहभागीलाई आफुले योग्य र सक्षम मोडल बन्न सक्ने प्रशिक्षण दिने भएको छ।

प्रतियोगितामा भाग लिनेहरु १६ देखि ३० बर्षसम्मका सम्पूर्ण समुदायका युवायुवतीले आवेदन भर्न सक्ने र न्युनतम पाँच फिट उचाही योग्यता तोकिएको छ ।

अडिसनबाट छानिएका प्रतियोगिलाई ब्यक्तित्व बिकाश, रनवे मोडलिङ, फेसनलगायतका बिभिन्न प्रशिक्षण सहितअन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ ।


प्रतियोगिताका शिर्ष, फष्ट रनर अपर सेकेन्ड रनर क्राउन, आकर्षक गिफ्टका साथै बिभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्ने संयोजक समीर सरले जानकारी  दिए ।

Related Post