माइल स्टोनका निशान र मिल्स बेरिकी समिक्षालाई लिटिल फारवेष्टको उपाधि
News Desk
Sep-21 , 2023 तारिख 01:41 बेलुका

माइल स्टोनका निशान र मिल्स बेरिकी समिक्षालाई लिटिल फारवेष्टको उपाधि 

 

धनगढी । भाद्र ३० गते सम्पन्न लिटिल फारवेष्टको उपाधि माइल स्टोनका निशान कुँवर र मिल्स बेरिकी समिक्षा जोशीले जितेका छन् । उनीहरुले शिर्ष उपाधिसहित क्रमश मिस्टर कन्फिडेण्ट र मिस ब्युटिफूलको टाईटल समेत हात पारेका छन् । निशान माइल स्टोन र समिक्षा मिल्स बेरिमा अध्ययनरत छन् ।  

 

प्रतियोगिता अन्तर्गत जूनियर फारबेष्टको उपाधि आश्विन बम र छाँया देउवाले हात पार्दा पियुष गिरी र सनुजा चन्दले लिटिल डाईभरसिटीको टाईटल जित्न सफल रहे । त्यसैगरि डाईभरसिटी नेपालतर्फको टाईटल उपाधि जेनिशा बम र लिटिल मोडलतर्फ मृदुल बिष्ट र शिखा पालले बाजी मारे । प्रतियोगितामा रोहित पाठकले सुदुर पश्चिमान्चल डान्सिंग स्टारको टाईटल जित्दा सरस्वती सेठी फस्र्ट रनर अप र सुजन केरला सेकेण्ड रनर अप बने । 

 

कैलाली उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा पुजा बगाले, जेनिफर वेग, म्याट एन्जल र आदर्श महतो निर्णायकका रुपमा रहेका थिए । कोरियोग्राफर नवराज देउवाले यस कार्यक्रम व्यक्तित्व विकास साथै कला संस्कृति प्रबद्र्धनमा महत्वपूर्ण रहेको दाबी गरेका छन् ।