मलेसियामा अन्जिताले जितिन राईजिङ स्टार अवार्ड
News Desk
Oct-13 , 2023 तारिख 10:11 बिहान

काठमाडौं । मलेसियामा सम्पन्न मोड्ल सर्च मिसेस इन्टरनेसनलमा नेपालकी अन्जिता श्रेष्ठले राईजिङ स्टार टाईट्ल हात पारेको छिन् । कृजना मिडियाद्वारा आयोजित मिसेस न्यासनको मस्ट पपुलर विजेता बन्दै उनले उक्त प्रतियोगितामा सहभागिता जनाएकी हुन ।  

श्रेष्ठले उक्त टाइटल जितेपछि नेपाल स्थित आयोजक संस्थाका लविन अन्सारीले खुशी व्यक्त गर्दै भने ’विभिन्न  देशका प्रतियोगि रहेको उक्त अन्तरराष्ट्रिय  सौन्दर्य प्रतियोगितामा श्रेष्ठले राम्रो प्रस्तुति दिएर देशलाई चिनाउने अवसर पाएको र आगामी दिनमा अझै नया प्रतिभा र नेपाललाई योगदान पुग्ने विश्वास हाम्रो छ’ ।