काठमाण्डौं । एन प्लस प्रोफेशनल मिस ग्लोरियस नेपाल २०२४ को उपाधि सुश्री प्रान्तिका अधिकारीले जितेका छन् । करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट ईभेण्ट्सद्धारा आयोजित एन प्लस प्रोफेशनल मिस ग्लोरियस नेपाल २०२४ को शिर्ष उपाधी अधिकारीले हात पार्दा स्मृति श्रेष्ठफर्स्ट रनर अप र सन्ध्या श्रेष्ठ सेकेण्ड रनर अप बन्न सफल भए ।
प्रतियोगिता अन्तर्गत ब्राण्ड एम्बेसडर तर्फ सिमोन यादव विजयी रहदा आयोजक छनोटतर्फ एअलिसा एलिसा बस्नेत उत्कृष्ट बनिन् । जसमा सन्जिता परियारले व्युटि बिथ ब्रेनको उपाधि जित्न सफल रहिन भने आयुसा पोखरेलले मस्ट पपुलर र एन्जेल श्रेष्ठले भ्युअर च्वाईसको उपाधि हात पारे ।
टाईटल विजेता अधिकारीले २५ हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जित्नुका साथै अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे ।
आयोजक संस्थाका प्रमुख रोविन श्रेष्ठ अनुसार सेकेण्ड रनर अपसम्मका विजेताले अरुणाज व्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरबाट निशुल्क बेसिक मेकअप कोर्स दिलाउनुका साथै विजेताहरुलाई एअरहोस्टेज एकेडेमीबाट एअर होस्टेज तालिमको व्यवस्था गरिनेछ ।
श्रेष्ठका अनुसार विजेताहरुलाई नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति साथै म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै विज्ञापन, म्युजिक भिडियो तथा सर्ट मूभि खेल्ने अवसर समेत दिलाईनेछ । प्रतियोगिताका शिर्ष ६ भित्र पर्न सफल प्रतियोगिले विभिन्न गिफ्ट् ह्याम्पर समेत प्राप्त गरेका छन् । यस इभेन्टको म्यानेजरमा करुणा पुरी र कोरियोग्राफरमा सुगन्धा अधिकारी एवम् आर्शु महर्जन रहेका छन्।