'ईरा'ज एम्बासडर,२०२४' को शिर्ष ताज रोहन र रोश्नीले जिते
News Desk
Oct-08 तारिख 12:54 बेलुका

काठमाडौं — आश्विन २२, २०८१। 

फेसन ईराद्वारा आयोजित ‘ईरा'ज एम्बासडर,२०२४ ’को शिर्ष उपाधि रोहन लामा गुरुङ्ग र रोश्नी खड्काले जितेका छन्। राजधानीको धुम्बाराहीस्थित भोईस अफ नेपाल स्टुडियोमा सम्पन्न प्रतिष्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै रोहन र रोश्नी बिजेता घोषित भएका हुन। बिजेताले शिर्ष उपाधीसहित करिव पाँच लाख बराबरको आकर्षक उपहारहरुसंगै बिभिन्न म्युजिक भिडियो र शर्ट मूभीहरुमा अभिनयको अवसरसंगै थाईल्याण्ड र दुबईको फ्लाईट टिकेट प्राप्त गरेका छन।

‘ईरा'ज एम्बासडरमा प्रतिभाशाली तथा उदीयमान मोडलहरुको प्रस्तुती र अद्वितीय शिल्प कौशल मिश्रित पहिरनमा मोडलहरुले र्‍यापमा आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेका थिए। प्रतियोगितामा दिव्यांशु शर्मा र अंशिका चौधरी फर्स्ट रनर अप, अभिराजन यादव र रोशिका पौडेल सेकेन्ड रनर अप, सक्षम गहतराज र दृष्टी तिलिजा पुन थर्ड रनर अप, गौरव थापा र सिमरन भट्ट अर्गनाईजर चोईस घोषित भए। 

उक्त प्रतियोगितामा ईण्टरनेशनल क्राउन बिजेतातर्फ 'मोडल टुरिज्म एम्बासडर' सुप्रिया शिवाकोटी, शान्ति लामा र सुरज मल्ल ठकुरी, 'मिस्टर टिन ईन्टरनेशनल' अनिश दुलाल, मिस टिन ईन्टरनेशनल हसिना सेन ठकुरी, मिस टुरिज्म ग्लोव नेपाल आयुष्मा आचार्य घोषित भएका छन। बिजेताहरुले नेपाललाई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने भएकाछ्न। 

एलेक्स तिरुवाको कोरियोग्राफी तथा केमोन मगर र रोनिश पाण्डेको सहायक कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा पुजा पाख्रिन, दिपक घिमिरे, माईकल चन्द, दिप्ति गुरुङ्ग र स्मृति श्रेष्ठ निर्णायक रहेका थिए भने सुशिल नेपालको बिशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रम आनन्द सिंहको निर्देशन र प्रख्यात घिमिरेको व्यवस्थापनमा सम्पन्न भएको थियो।

मोडलहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा प्रतियोगिता आयोजना गरिएकोआयोजक आनन्द सिंहले बताए।

Related Post