लोकसेवाका सबै परीक्षा र भर्ना कार्यक्रम स्थगित
News Desk
Apr-30 , 2020 तारिख 04:18 बेलुका

लोकसेवा आयोगले गर्ने पदपूर्तिका सबैजसो कार्यक्रम स्थगित भएको छ। वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले आयोगलाई पदपूर्ति सम्वन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

विज्ञापनअनुसार सञ्चालन गर्न बाँकी रहेका परीक्षा र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने कार्य हाललाई स्थगित गर्ने निर्णय बैठकले गरेको हो। यसअघि आयोगबाट भएको विज्ञापनअनुसार हुने परीक्षा अब अनिश्चित बनेको छ। 

Related Post