आईपीएलको टुंगो छैन
News Desk
Aug-28 , 2020 तारिख 09:41 बिहान

नयाँदिल्ली — भाद्र १२, २०७७। 

इन्डियन प्रिमियर लिग २०२० सुरु हुन तीन सातामात्र बाँकी छँदा प्रतियोगिताको खेल तालिका अहिलेसम्म जारी भएको छैन । प्रतियोगिता यूएईमा हुँदै छ ।

यूएईमा कोभिड–१९ का कारण लगाइएको भ्रमण प्रतिबन्धको कार्यविधिका लागि कारण प्रतियोगिताका ६० खेलको तालिका जारी हुन नसकेको बताइएको छ ।

प्रतियोगितामा सहभागी हुने फ्रेन्चाइज टिमलाई अगस्ट २० भित्र खेल तालिका प्रदान गरिने भनिएको थियो । यूएईमा पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्या बढेको छ । यसले गर्दा यूएई प्रवेश गर्नेलाई कडाइ गरिएको छ । यसै कारण विदेशी खेलाडीलाई अबुधाबी जान अझ बढी समय लाग्ने भएको छ ।

प्रतियोगिता आयोजकले यूएईका सरकारी अधिकारीहरूसँग नयाँ घटनाक्रमबारे छलफल पनि गरिरहेका छन् । असहज स्थिति हटाउन यूएईको क्रिकेट बोर्डले पहल गरिररहेको भनिएको छ । यसअघि तय कार्यक्रमअनुसार यसपल्टको प्रतियोगिताका खेल अबुधाबीसँगै दुबई र शारजहाँमा हुनेछन् ।

(कान्तिपुर दैनिक)
 

Related Post