न्युयोर्क — भाद्र १६, २०७७।
विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले मंगलबार सजिलै यूएस ओपनको दोस्रो चरणको यात्रा तय गरेका छन् । कीर्तिमानी १८ औं ग्रान्ड स्लाम उपाधिको खोजीमा रहेका जोकोभिचले पहिलो चरणमा डामिर जुमहुरलाई सजिलै ६–१, ६–४ र ६–१ ले हराए ।
प्रमुख प्रतिद्वन्द्वीहरु राफेल नाडाल र रोजर फेडेररको अनुपस्थितिमा जोकोभिच उपाधिको बलियो प्रत्याशी रहेका छन् । जितपछि प्रतिक्रिया दिँदै जोकोभिचले भने, ‘स्कोरले जेजस्तो बताए पनि आजको खेल सजिलो रहेन् ।’ फाइनलसम्मको यात्रामा उनलाई बलियो चुनौती पेस गर्ने सक्ने एलेक्जान्डर जेभरेभ र स्टेफानोस सिटसिपास पनि पहिलो चरणमा विजयी रहे ।
प्रतियोगिताको पहिलो दिन महिलातर्फ पूर्व नम्बर १ खेलाडी क्यारोलाइन प्लिस्कोभा विजयी रहिन् । उनले एनहेलिना कलिनिनालाई ६–४ र ६–० ले हराइन् । कोरोना भाइरस संक्रमको महामारीबीच सुरु भएको यूएस ओपन यो खेलको पहिलो ठूलो प्रतियोगिता हो ।
(एजेन्सी/कान्तिपुर दैनिक)