“छैठौं राष्ट्रिय फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०७८” सम्पन्न
News Desk
Mar-06 तारिख 10:13 बिहान

“छैठौं राष्ट्रिय फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०७८” सम्पन्न

 

यस नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा बुरुन्चुली डोजो, ललितपुरको संयोजकत्वमा यहि मिति २०७८ साल फागुन २० र २१ गते दुई दिनसम्म आयोजना भएको “छैठौं राष्ट्रिय महिला तथा पुरुष तौल समूह फुलकन्ट्याक्ट(क्योकुशिन¬–सेईसिन) कराँते प्रतियोगिता तथा प्रथम गोदावरी मेयर कप–२०७८” मा सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो दिनको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला ज्यूद्धारा पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको समुदघाटन गरिएको थियो । यस संघको केन्द्रिय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ साथै बिश्व क्योकुशिन कराँते महासंघका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठ ९टतज म्ब्ल् द्यीब्ऋप् द्यभ्ीत्० को  सभापतित्वमा भएको उक्त कार्यक्रममा बुरुन्चुली डोजो कार्यसमितिका अध्यक्ष खडक शिंह ऐरीले स्वागत मन्तव्य दिनुका साथै गोदावरी न.पा.७ का वडा सदस्य बिष्णु प्रसाद तिमिल्सिनाद्धारा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । मिस नेवाः नितु डंगोलद्धारा उदघोषण गरिएको उक्त कार्यक्रमको प्रमुख आकर्षणका मिस नेवाः बिजेता कृषा मर्हजनको बिशेष उपस्थिती रहनुका साथै बिशेष अतिथीहरु रा.खे.प.सदस्य जनक बर्ताैला, समाजसेवी तथा संघका बरिष्ठ उपाध्यक्ष हेमा मानन्धर, वडा सदस्य जगत स्याङताङ, वडा सदस्य शान्ता मार्पा तामाङ, वडा सदस्य मान बहादुर तामाङ तथा अतिथीहरुमा बुरुन्चुली सामाजिक संस्था अध्यक्ष कृष्ण तामाङ, टिका भैरब बोर्डिङ स्कुलका संचालक प्रकाश खत्री रहेका थिए । 

उक्त प्रतियोगितामा नेपालको ७ सातै प्रदेश तथा नेपाली सेनाको बिभागिय टोलीका महिला र पुरुष  तौल समूहमा विभाजन गरी १४ वटा तौल समूहका खेलाडीहरु तथा अफिसियालहरु गरी जम्मा ३५० जनाको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा तपशिल बमोजिमको नतिजा खेलाडीहरुले हासिल गर्न सफल भएका थिए । 

उक्त प्रतियोगितामा तपशिल बमोजिमको नतिजा खेलाडीहरुले हासिल गर्न सफल भएका थिए ।

पु्रुष खुल्ला तौल समूहमा पु्रुष ५५के.जीमा तौल समूहमा

१) स्वर्ण पदकः शनि शिं सुनार (नेपाली सेना) १) स्वर्ण पदकः सुनिल कुवर (नेपाली सेना)

२) रजत पदकः बिजय घ्याबा तामाङ (ललितपुर) २) रजत पदकः हिमाल राई (ललितपुर)

३) कास्य पदकः साहिल श्रेष्ठ (बारा) ३) कास्य पदकः भुपेन्द्र वली  (नेपाली सेना)

४) चौथो पदकः अर्जुन लामा (काठमाण्डौ) ४) चौथो पदकः प्रवेश बि.क. (महोत्तरी)

पु्रुष ५० के.जीमा तौल समूहमा पु्रुष ४५ के.जीमा तौल समूहमा

१) स्वर्ण पदकः सुनिल तामाङ्ग (ललितपुर) १) स्वर्ण पदकः बिशाल कुशवार माझि (बारा)

२) रजत पदकः निखिल राउत (बारा) २) रजत पदकः संजिव बम्जम (ललितपुर)

३) कास्य पदकः रवि किशन यादव (पर्सा) ३) कास्य पदकः अनिल नगरकोटी (ललितपुर)

४) चौथो पदकः मणिराज दर्लामी मगर (महोत्तरी) ४) चौथो पदकः विवेक तामाङ (ललितपुर)

पु्रुष ४० के.जीमा तौल समूहमा

१) स्वर्ण पदकः प्रज्वल पाण्डे (काठमाण्डौ)

२) रजत पदकः बिशाल कुमार पटेल (पर्सा)

३) कास्य पदकः शिवम् कुशवाह (पर्सा)

४) चौथो पदकः जितेन्द्र मण्डल (महोत्तरी)

महिला खुल्ला तौल समूहमा                         महिला ५० के.जीमा तौल समूहमा

१) स्वर्ण पदकः मन्जु बि.क. (नेपाली सेना) १) स्वर्ण पदकः सजिता श्रेष्ठ (बारा)

२) रजत पदकः अनुपा नेपाली (नेपाली सेना) २) रजत पदकः सिमा बि.क. (महोत्तरी)

३) कास्य पदकः सुस्मा तामाङ (काठमाण्डौ) ३) कास्य पदकः शान्ति थापामगर (नेपाली सेना)

४) चौथो पदकः अन्जना नगरकोटी (ललितपुर) ४) चौथो पदकः दिलासा थापामगर (काठमाण्डौ)

महिला ४५ के.जी. तौल समूहमा                     महिला ४० के.जीमा तौल समूहमा

१) स्वर्ण पदकः सलोनी नगरकोटी (ललितपुर) १) स्वर्ण पदकः पूर्णिमा श्रेष्ठ (बारा)

२) रजत पदकः अनुसा रुम्बा (ललितपुर) २) रजत पदकः आरति श्रेष्ठ (बारा)

३) कास्य पदकः सुचिन तामाङ (नेपाली सेना) ३) कास्य पदकः चन्दा श्रेष्ठ (महोत्तरी)

४) कास्य पदकः दिलु तामाङ (धादिङ) ४) कास्य पदकः आयुषा तामाङ (भक्तपुर)

त्यसैगरी समापन तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथ्यता गर्नुभएको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन ज्युद्धारा खुल्ला तौल समुह, ५५ के.जी. तौल समुह, ५० के.जी. तौल समुहका स्वर्ण पदक बिजेता महिला तथा पुरुष खेलाडीलाई जनही १००००(दशहजार), द्धितियलाई ५०००(पा“चहजार), तृतियलाई ३०००(तिनहजार), चौथोलाई ३०००(तिनहजार) नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्रहरु वितरण गर्नु भएको थियो भने अन्य तौल समुहका बिजेता खेलाडीहरुलाई केन्द्रिय संघका अध्यक्ष तथा ब्रान्चचिफका साथै बिश्व क्योकुशिन काई करा“ते महासंघका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्धारा नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुका भएको थियो भने संघका केन्द्रिय सदस्य तथा बुरुन्चुली डोजाचिफ प्रशिक्षक राजु तामाङ, गोदावरी वडा नं.७ का वडा अध्यक्ष गिरी तिमिल्सीना तथा बुरुन्चुली डोजो कार्यसमितिका अध्यक्ष खडक शिह ऐरीद्धारा प्रमुख अतिथी लगायत विशिष्ट अतिथी, अतिथी, जुरी, निर्णायक तथा सहयोगकर्ता महानुभावहरुलाई मायाको चिनो तथा कदरपत्र प्रदान गरिएको थियो । 

त्यसैगरी उक्त कार्यक्रममा डब डान्स स्टुडियोका समुहले संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए भने मुख्य जुरीमा संघका महासचिव प्रविण बस्नेत, सहायक जुरीमा हर्क बहादुर तामाङ तथा मुख्य निर्णायकहरुमा प्रशिक्षक राजु तामाङ, प्रशिक्षक हेराकाजि देशार, प्रशिक्षक राजेश महतो तथा निर्णायकहरुमा प्रशिक्षक सन्तोष कुमार गुप्ता, प्रशिक्षक जेन कुमार तामाङ, प्रशिक्षक बिशाल बल, प्रशिक्षक श्याम बहादुर तामाङ, प्रशिक्षक बुद्ध लामा, प्रशिक्षक जयराम थिंङ, प्रशिक्षक राजकुमार बल, प्रशिक्षक दिलिप देशार, प्रशिक्षक बिजय कुमार तामाङ, प्रशिक्षक राजेश बस्नेत, प्रशिक्षक प्रकाश तामाङ र  नेपाली सेनाको तर्फबाट निर्णायकमा प्रशिक्षक छोप बहादुर बुढाथोकी तथा प्रशिक्षक अमर लामा रहेका गरिएका थिए ।