पीएसजी च्याम्पियन घोषित
News Desk
Apr-30 , 2020 तारिख 02:59 बेलुका

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई बिहीबार फ्रान्सेली लिग वानको विजेता घोषणा गरिएको छ । यसअघि फ्रान्सेली लिगको माथिल्लो दुई डिभिजन लिग वान र लिग टु पूरा नहुने घोषणा गरिएको थियो । 

डेली मेलले फ्रान्सेली मिडियालाई उदृत गर्दै पीएसजीलाई सन् २०१९–२०२० को लिग च्याम्पियन भएको घोषणा गरिएको जनाएको छ । लिग वानबाट कुन-कुन टिम रेलिगेसनमा पर्ने हो, त्यसबारे भने निर्णय भएको छैन ।

लिग वानको अन्तिम तीन स्थानमा नेमिस, आमिनेस र टुलुज छन् । युरोपेली फुटबल महासंघ (यूएईएफए) सँग थप छलफल पनि यसबारे निर्णय हुनेछ । पीएसजी भने २७ खेलबाट ६८ अंकसहित शीर्ष स्थानमा छ । मार्से ५६ अंकमा दोस्रो स्थानमा छ । 

Related Post