News Desk
इंग्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुचारू हुने भएको छ।
कोरोना भाइरसपछि फर्कन लागेको लिगको पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ।
यद्यपी यो निर्णय ब्रिटेन सरकारले अनुमोदन गर्न बाँकी छ। पूरा राउन्डको खेलहरु १९ देखि २१ जुन विकेन्डमा हुनेछ।
लिगमा अझै ९२ खेल खेल्न बाँकी छ। लिगका खेलहरु खाली रंगशालामा हुनेछन्। खेलहरू स्काइ स्पोर्ट्स, बिटी स्पोर्ट्स, बिबिसी स्पोर्ट्स र अमाजन प्राइमबाट लाइभ हुनेछन्।
लिगका लागि सुरक्षा निर्देशिका जारी गर्न बाँकी छ। कोरोना भाइरसबाट जोगिनका लागि खेलहरु विभिन्न सुरक्षाका उपायहरु अपनाइनेछ।