रूसलगत्तै चीनबाट आयो खुशीको खवर, क्यानसिनो बायोलोजिक्स इंकले पायो कोरोना भ्याक्सिनको प्याटेन्ट
News Desk
Aug-18 , 2020 तारिख 10:34 बिहान

काठमाडौं — भाद्र २, २०७७। 

चीनको क्यानसिनो बायोलोजिक्स इंक  कम्पनीले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पाएको छ। एडी५एनसीओभी (Ad5-nCOV) नामक भयक्सिनकालागि क्यानसिनोलाइ सो अनुमती दिइएको हो।

चीनबाट प्याटेन्ट पाउने यो पहिलो कोभिड १९ भ्याक्सिन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उक्त प्याटेन्ट अगस्ट ११ मा जारी गरिएको थियो।

क्यानसिनोको भ्याक्सिनकालागि साउदी अरबीयाले तेश्रो चरणको परीक्षण सुरुवात गर्ने योजना बनाएको छ। क्यानसिनोले सो परीक्षण रसिया, ब्राजिल तथा चिलीमा पनि लन्च गर्ने विषयमा पनि छलफल गरेको छ।

सोमबार बिहान क्यानसिनोको हङकङको शेयर करिब १४ प्रतिशतले बढेको छ। कम्पनीको शांघाई शेयर भने मध्यान्नसम्ममा ६।६ प्रतिशतले वृद्धि भएको छ।