बुद्ध भारतीय नागरिक भएको भन्दै भारतीय विदेशमन्त्री जयशंकरले गरे आधारहीन दावी
News Desk
Aug-09 , 2020 तारिख 12:56 बेलुका

काठमाडौं — श्रावण २५, २०७७। 

काठमाडौं — श्रावण २५, २०७७। 

भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन ।

हिजो भारतीय उद्योगीहरुको संस्था सि.आई.आई.ले आयोजना गरेको भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले बुद्धलाई महान भारतीय नागरिक भनेका हुन ।

भारतको इतिहासमा दुई जना महान भारतीय रहेको उल्लेख गर्दै उनले गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ भने ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा नेपालमा तीव्र विरोध भएको थियो । पछि नेपाल भ्रमणमा आएको बेलामा भने संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताएका थिए ।

दुई वर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा मोदीले, भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए ।

नेपालको लुम्विनीमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दावी गर्दै आएका छन् । 

(एजेन्सी)