News Desk
काठमाडौं, १३ वैशाख | नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका लोकप्रिय नेता, प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा (एमाले) का प्रथम अध्यक्ष मनमोहन अधिकारी को २७औँ स्मृति दिवस मनाइएको छ।
यस अवसरमा सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानको कार्यालयमा स्मृति सभा आयोजना गरिएको थियो। सो अवसरमा स्वर्गीय अधिकारीको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नुका साथै मौनधारण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले निष्ठा र आदर्शका आधारमा राजनीतिक उचाइ हासिल गर्न सकिने क�