कस्तो बन्यो त “हेर यो मुटुमा चिरा पर्‍याछ”,को अफिसियल भिडियो (भिडियो सहित)
News Desk
Aug-09 , 2020 तारिख 08:17 बेलुका

  काठमाडौं २५ साउन।
पछिल्लो समय एउटा फरक शैलीको सेन्टीमेन्टल गीत टिकटकमा अत्याधिक छाइरहेको छ। त्यो गीत हो गायक हुन् बादल थापाको “हेर यो मुटुमा चिरा पर्‍याछ”, जुन गीतलाई यतिबेला अत्याधिक रुचाइएको छ। सो गितको अफिसियल भिडियो अज आहा टिभि मार्फत सार्वजनिक भएको छ।


बादल थापाकै शब्द संगित रहेको उक्त गीतलाई चारैतिर दर्शक स्रोताले अत्याधिक रुचाएपछि अफिसियल म्युजिक भिडियो निर्माण गरिएको छ।


बिन्दास मिडिया नेटवर्क प्रालीले निर्माण गरेको  नयाँ अफिसियल भिडियोमा कलाकार रोश्नी कार्की र चिरञ्जीवी सापकोटा (जिबि चिरन),प्रेम पुरी ,राज थापा क्षेत्री एकसाथ देखिएका छन् । रोश्नी विगत लामो समयदेखि थ्रीयटरमा अभिनय गर्दै आएकी अब्बल कलाकार हुन् । 

यता, चिरञ्जीवी  पनि लामो समयदेखि मिडिया क्षेत्र हुँदै कलाकारितामा अगाडि बढीरहेका सन्चारकर्मी एवम् कलाकार हुन् । यसरी, दुबैजना अब्बल कलाकारहरु आवद्ध भएर निर्माण  उक्त “चिरा पर्‍याछ”को भिडियो उत्कृष्ट बनेको छ। भिडियोको छायांकार  ज्ञानेन्द्र शर्मा हुन् भने सृजन बरालले निर्देशन गरेका छन् ।
हेर्नु होस् पुरा  भिडियो https://youtu.be/G1BQ7Mqm80I