News Desk
काठमाडौँ — असार १०, २०७९।
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघले भारतको जलपाईगुरी, पश्चिम बंगालमा आशिहारा कराँते महासंघ, भारतले आयोजना गर्न लागेको ११ औं साउथ एसियन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०२२ मा सहभागी हुन जान लागेका खेलाडिहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ।
उक्त साउथ एसियन प्रतियोगितामा संघका र सो अन्तर्गत नेपाली सेना गरि ६० जना खेलाडीहरुले उक्त प्रतियोगितामा सहभागी जनाउने संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो। आउँदो आषाढ १०,११ र १२ गते गरी ३ दिनसम्म संचालन हुने उक्त साउथ एसियन प्रतियोगितामा खेलाडी तथा अफिसियलहरुको नेपालको तर्फबाट संघका वरिष्ठ उपाध्यक्ष हेमा मानन्धरले नेतृत्व गर्नु हुनेछ।
विदाई कार्यक्रममा खेलाडीहरुको हौसलाका लागि संघले सहभागी टिमलाई स्पोर्ट्स टि सर्ट, स्पोर्ट्स ब्याग, रुमाल तथा ट्र्याक सुरुवाल एक/एक थान हस्तान्तरण गरेको थियो।