ग्लोबलको सीईओमा वज्राचार्य नियुक्त
News Desk
Aug-17 , 2020 तारिख 11:02 बिहान

काठमाडौं — भाद्र १, २०७७। 

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रत्नराज वज्राचार्य नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समिति बैठकले शुक्रबार वज्राचार्यलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । वज्रचार्य यसअघि एक कार्यकाल ग्लोबलकै सीईओका रूपमा कार्यरत थिए । राष्ट्र बैंकबाट बैंकिङ करिअर सुरु गरेका वज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव छ ।

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट वज्राचार्य यसअघि एनसीसी र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् ।

(कान्तिपुर दैनिक)