पछिल्लो २४ घण्टामा बीपी प्रतिष्ठानमा कोरोनाबाट तीन जनाको मृत्यु
News Desk
Aug-28 , 2020 तारिख 09:36 बिहान

सुनसरी—  १२ भदौ।

कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मोरङ बेलवारीकी ५६ वर्षिय महिला र झापाको दमक नगरपालिकाका ८३ वर्षिय पुरुषको आज बिहान निधन भएको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो ।

त्यस्तै सिराहा जिल्लाको सिराहा नगरपालिकाका–२ का ५५ वर्षिय पुरुषको हिजो राति मृत्यु भएको हो ।

मृत्यु हुने दुवै पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेको बताइएको छ ।

(ईमेज खबर)

Related Post